नेप्से परिसूचक दोहोरो अंकले वृद्धि : एकै दिन ३२ अङ्क बढयो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष १९

काठमाडौं : सेयर कारोबारको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। यसदिन नेप्से ३२.०३ अंकले बढेर २६ सय १६.९४ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन आइतबार नेप्से ६० अंक बढीले वृद्धि भएको थियो। सो दिन २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता सेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँमा सेयर कारोबार भएको थियो।

सेन्सेटिभ इण्डेक्स ५.८६ अंकले बढेर ४८७.८७ विन्दुमा अडेको छ।

सोमबार २३० कम्पनीको ८२ हजार ५ हजार ५२ कित्ता सेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७९ रुपैयाँमा कारोबार भयो। यसदिन कारोबारमा आएका १३ समूहमध्ये १२ समूहको परिसूचक वृद्धि भएको हो।

यसदिन व्यापार समूहको सर्वाधिक ७.०४ प्रतिशतले सेयर मूल्य बढेको छ। यस्तै लघु वित्तको २.८८ र वित्त समूहको २.०५ प्रतिशतले बढेको हो। मूल्य बढेका अन्य समूहको परिसूचक पनि सामान्य अंकले वृद्धि भएको छ।

उत्पादन समूहको परिसूचक भने ओरालो लागेको छ। यो समूहको परिसूचक ०.०३ अंकले घटेको हो।

यस्तै मध्ये भोटेकोशी जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै गुराँस लघुवित्त संस्थाको सेयर मूल्य ९.४५ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा यसदिन हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो। यो समूहको २८ करोड ४४ लाख ७० हजार ५७० रुपैयाँमा सेयर कारोबार भएको छ। आइतबार पनि हिमालयन डिस्टलरी ४४ करोड ९४ लाख बराबरको सेयर कारोबार गरेर शीर्षस्थानमा रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *