८ अर्ब बढी लगानीको अर्घाखाँची सिमेन्ट उद्योगले आइपिओ निष्काशन गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष १८

अर्घाखाँची सिमेन्ट उद्योगले यो वर्ष एक करोड २५ लाख मेट्रिक टन सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको छ। योसँगै कम्पनीले चाँडै प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारी पनि गरिरहेको छ। यस वर्ष थप पाँच लाख मेट्रिक टन सिमेन्ट बिक्री गर्ने गरी काम भइरहेको उनले जानकारी दिए।कम्पनीले ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) गरी दुई प्रकारका सिमेन्ट उत्पादन गर्दै आएको छ। ‘६० हजार बोरामा ओपिसी र पिपिसी दुवै पर्छ,’ थापाले भने, ‘कम्पनीले एउटै कारखाना परिसरभित्र दुइटा छुट्टाछुट्टै उत्पादन लाइनमार्फत दुवै खालका सिमेन्ट उत्पादन गरिरहेको छ।’ २०७१ सालबाट अर्घाखाँचीले बजारमा सिमेन्ट पठाउन थालेको हो। उद्योगमा मुरारका अर्गनाइजेसनसँगै सिद्धार्थ ग्रुप, केडिया अर्गनाइजेसन र भारतको उमा सिमेन्ट इन्टरनेसनलको संयुक्त लगानी छ। कम्पनीमा हालसम्म आठ अर्ब रूपैयाँभन्दा बढी लगानी पुगिसकेको थापाले जानकारी दिए। सुरूमा ओपिसीमार्फत् कारोबार सुरू गरेको कम्पनी ०७६ सालबाट पिपिसी उत्पादन थालेको हो।अर्घाखाँचीको सुरूआती उत्पादन क्षमता दैनिक २४ हजार बोरा मात्र थियो। बजार र प्रतिस्पर्धा बढ्दै गएपछि उत्पादन पनि बढाउँदै लगेको थापा बताउँछन्। अर्घाखाँचीले सिमेन्ट बनाउन चाहिने कच्चा पदार्थ, क्लिंकर पनि उत्पादन गरिरहेको छ। थापाका अनुसार उद्योगको आफ्नै चुनढुंगा खानी छ। पहिले त्यसको गुणस्तर परीक्षण हुन्छ। अनि क्लिंकर बनाइन्छ र त्यो पनि परीक्षण गरिन्छ त्यसबाट बनेको सिमेन्टको पनि गुणस्तर परीक्षण हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *