न्यादी हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुला

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १५

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन भएको छ। कम्पनीले आज (शुक्रबार) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको हो। कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासनमा ल्याएको छ।

कुल सेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयरका लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

कम्पनीले निष्कासन गेरको सेयरमा असोज १९ गतेसम्ममा आवेदन दिन सकिने निष्कासक तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले जनाएको छ।

त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे असोज ३१ गतेसम्म म्याद थप हुने क्यापिटलको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *