दशैंको मुखमा सुनचाँदीको मूल्य घट्ने क्रम बढ्दो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १४

काठमाडौँ–सुनको मूल्य बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ८८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य ८८ हजार नौ सय थियो।

यस्तै तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ८८ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ। बुधबार तेजाबी सुनको मूल्य तोलाको ८८ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर ११ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *