पछिल्लो २४ घण्टामा थपिए ११५७ कोरोना संक्रमित, १११३ डिस्चार्ज

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १३

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६५२ जनाको पीसीआर परीक्षणमा ८९२ र ३ हजार ८८९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २६५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ११३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९६ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *