प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्चको ऐतिहासिक फैसला

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन ११

काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलाशले राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधि सभा पुनःस्थापना गर्ने ऐतिहासिक फैसला सुनाएको छ।

मंगलबार अबेरगरी संवैधानिक इजलाशले गरेको फैसला सुनाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा यस्तो निर्णय सुनाएका हुन्।

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए।

प्रधानन्यायाधीश राणसहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलाशमा थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *