|
२०७८ आश्विन १
काठमाडौं । असोज महिनाको सुरुवातमै नेपाली बजारमा सुनको मूल्यमा पहिरो गएको छ ।
महिनाको पहिलो कारोबारको दिन समेत रहेको शुक्रबार सुनको मूल्यमा अधिकतम एक हजार ४०० रुपैयाँले गिरावट आएको छ । आज ८९ हजार १०० रुपैयाँमा सुन कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, यता चाँदीको मूल्य समेत आज तोलामा ३० रुपैयाँले सस्तिँदै एक हजार १७० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जबकी गत बिहीबार बजारमा सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा १४ सय रुपैयाँले नै सस्तिँदै ८८ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्