राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिनु पर्‍योः रामबहादुर थापा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ३१

काठमाडौं- एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताएका छन् । 

जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै बादलले राजतन्त्रको विपक्ष र गणतन्त्रको पक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताएका हुन् । 

वर्ग संघर्ष र यससँगै राजनीतिक दलको विकासको व्याख्या गर्ने क्रममा उनले दलहरूमा र तिनका नेताहरूमा विकास भएको चेतनाले नै देश संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा आइपुगेको बताए । 

तर, यसबीचमा गणतन्त्रको चेतना भएका मदन भण्डारीजस्ता नेताहरू गुमाउनु परेको उनको भनाइ छ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *