मन्त्रीको नाम छान्ने जिम्मा माधव नेपाललाई

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने नेताहरुको नाम छान्ने जिम्मा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपाललाई दिएको छ ।

जारी सांसदहरुको बैठकले मन्त्री बन्नेहरुको नाम तय गर्ने जिम्मा नेपाललाई दिने निर्णय गरेको हो ।

कार्यक्रम सञ्चालन गरिरहेका एकीकृत समाजवादीका नेता तथा सांसद विरोध खतिवडाले यो जिम्मा नेपाललाई दिन प्रस्ताव गरेका थिए । उनको प्रस्ताव सबै सांसदले ताली बजाएर अनुमोदन गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *