|
२०८३ जेष्ठ ११
काठमाडौँ — वीरगन्जमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथिको अनुसन्धान प्रहरीले सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय पर्सामा प्रतिवेदन बुझाएको छ। डीएसपी हरि बस्नेतका अनुसार सोमबार अनुसन्धान प्रतिवेदन पेश गरिएको हो।
प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतका साथै राज्यविरुद्धका कसुरमा मुद्दा चलाउन राय दिएको छ। अनुसन्धानका क्रममा युट्युब अन्तर्वार्तामा उनले दिएको अभिव्यक्ति र सार्वजनिक टिप्पणीलाई मुख्य आधार बनाइएको प्रहरीले जनाएको छ।
प्रसाईंले विभिन्न व्यक्तिहरू तथा राज्यका निकायमाथि विवादास्पद टिप्पणी गरेको र सामाजिक सञ्जालमार्फत आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लगाइएको छ। सर्वोच्च अदालतले भने उनलाई सोमबारसम्म हिरासत मुक्त गर्न आदेश दिएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्