भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत भूमितर्फको कुल बेरुजु १३ अर्ब २४ करोड ७० लाख रुपैयाँमा धोबीखोला अतिक्रमणसँग सम्बन्धित मात्रै १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।
सोमबार मन्त्रालयका सचिव मदन भुजेलले सार्वजनिक लेखा समितिको बैठकमा मन्त्रालयको बेरुजु अवस्था प्रस्तुत गर्दै हालसम्म बेरुजु फर्छ्यौटको प्रगति निराशाजनक रहेको बताएका हुन् ।
भुजेलका अनुसार कुल बेरुजुमध्ये ७ अर्ब १२ करोड रुपैयाँ नियमित गर्नुपर्ने, ६ अर्ब ३ करोड रुपैयाँ असुलउपर गर्नुपर्ने र १२ करोड ५६ लाख रुपैयाँ पेश्की रकम रहेको छ ।
सार्वजनिक जग्गा अतिक्रमणसँग जोडिएको ठूलो बेरुजु पनि मन्त्रालयको चुनौती बनेको सचिव भुजेले वताय ।
काठमाडौंको चाबहिल मालपोत (हाल भूमि प्रशासन कार्यालय) अन्तर्गत धोबीखोला करिडोर क्षेत्रमा अतिक्रमण गरी बसोबास गरिरहेका व्यक्तिहरूसँग सम्बन्धित १ अर्ब ९७ करोड रुपैयाँ बेरुजु रहेको छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्