लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १०

काठमाडौं- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । 

जसपाबाट विभाजन भएर लोसपा दर्ता भएको भोलिपल्ट बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको हो ।

जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि महन्थ ठाकुर, राजेन्द्र महतोसहितका नेताहरुले लोसपा पार्टी गठन गरेका हुन् । लोसपा दल दर्ताको प्रमाणपत्र बुधबार निर्वाचन आयोगले दिएको थियो । 

जारी बैठकमा पार्टीको आगामी रणनीतिसहितका विषयमा छलफल हुनेछ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *