|
२०७८ भाद्र २
काठमाडौँ । माधवकुमार नेपालसहितका १४ सांसदलाई पद मुक्त गर्ने निर्णयसहित एमालेले बुझाएको पत्र सभामुख अग्निप्रसाद सापकोटा समक्ष पेश भएको छ ।
संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार एमालेको पत्र सभामुख सापकोटा समक्ष पेश गरि औपचारिक जानकारी गराएका हुन् । एमालेले सो पत्र मंगलबार दिउँसो ४ः२० मा संसद सचिवालयमा दर्ता गरेको थियो ।
प्रतिनिधसभाका माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्रीसहित १४ जना सांसदहरुलाई एमालेले कारबाही गरेको हो।
मंगलबार संसदीय दलको बैठकले ती सांसदहरुलाई कारबाही गर्न सिफारिस गरेको हो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्