|
मंसिर ८, २०८३
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेलहरू आजदेखि सुरु हुँदैछन्। औपचारिक उद्घाटन भने मंसिर १६ गते सुर्खेतमा हुनेछ।
आज महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका खेल सञ्चालन हुनेछन्।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनएसहित ११ टोली सहभागी हुँदैछन्। कुल ३२ खेलका ३ सय ८४ इभेन्ट्समा १ हजार ३ सय ३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।
यसपटक रजत र कास्य पदक विजेताले पनि पहिलोपटक नगद पुरस्कार पाउने व्यवस्था गरिएको छ। प्रतियोगिता मंसिर २७ गते सम्पन्न हुनेछ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्