२४ घण्टामै ६६६ चालक ट्राफिक प्रहरीको कारबाहीमा

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ५, २०८३

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ६६६ जना चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार मापसे गरी सवारी चलाउने ६३, तीव्र गतिमा चलाउने ८५, सीसीटीभी निगरानीबाट २९ र रातो बत्ती उल्लंघन गर्ने १४ जना कारबाहीमा परेका छन्।

त्यस्तै, लेन मिच्ने ९, हर्न निषेध उल्लंघन गर्ने ५, सवारीको अवस्था ठीक नभएका ११ र अन्य कसुरमा ४४१ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *