राष्ट्रपति भण्डारी र किरण गजमेरबीच भेट

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १

काठमाडौं । किरण गजमेर र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेट भएको छ ।

‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि जितेका गजमेरले सामाजिक सञ्जालमा फोटो राख्दै उक्ता कुराको जानकारी गराएका हुन् ।

राष्ट्रपति भण्डारीले शितल निवासमा आमन्त्रण गरि आफुसँग भेट्दा संसारकै भाग्यमानी महसुस गरेको किरणले बताएका छन् ।

राष्ट्रपतिसँगलगायत उच्च व्यक्तित्वसँग भेटेका किरणले आफ्नो सांगीतिक यात्रा अगाडि बढाउन सबैले दिएको साथ र प्रेरणाप्रति धन्यवाद दिएका छन् । साथै आगामी दिनमा पनि यस्तै साथको अपेक्षा गर्दै सांगीतिक क्षेत्रमा सबैको बिश्वास कायम राख्दै अगि बढ्ने विश्वास दिलाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *