|
कार्तिक ३०, २०८३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
धनगढीबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११ लोकाहामा पल्टिएको हो।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्