|
कार्तिक ३०, २०८३
काठमाडौं । मकवानपुरको चित्लाङमा कारभित्र लुकाएर ल्याइएको ६ किलो ४० ग्राम चरेसजस्तो पदार्थसहित दुई जना पक्राउ परेका छन्।
हेटौंडाबाट काठमाडौं आउँदै गरेको कारलाई गएराति थाहा नगरपालिका–९ मा जाँच गर्ने क्रममा डिकीमा लत्ताकपडाले छोपेर राखिएका पाँच पोका पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ३३ वर्षीय चालक हेविन श्रेष्ठ र २१ वर्षीया दिव्याश्री काफ्ले छन्। प्रहरीले कारसहित दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्