वीरगञ्ज नाकाबाट खाद्यान्न भित्रिने क्रममा ठूलो गिरावट

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २६, २०८३

काठमाडौं । वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने खाद्यान्नको परिमाण चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा उल्लेख्य रूपमा घटेको छ।

वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार साउनदेखि असोजसम्म तीन महिनामा ३ करोड १६ लाख ४० हजार किलो खाद्यान्न आयात भएको छ। गत वर्ष सोही अवधिमा ८ करोड ७० लाख ४७ हजार किलो आयात भएको थियो। यससँगै आयात परिमाणमा करिब ६३ प्रतिशतको गिरावट आएको हो।

चामल, धान र मकैको आयातमा सबैभन्दा ठूलो कमी देखिएको छ। धान आयात ३ करोड ९१ लाख किलोबाट घटेर ६९ लाख किलोमा झरेको छ भने मकै आयात पनि ३ करोड ३६ लाख किलोबाट घटेर ६७ लाख किलोमा सीमित भएको छ।

भन्सार कार्यालयका अनुसार फापर, कोदो लगायत अन्य खाद्यान्नको आयातसमेत घटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *