|
कार्तिक २४, २०८३
काठमाडौं । स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकललाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ।
चाडपर्वका बेला सर्वसाधारणलाई आवतजावतमा सहजता र शान्त वातावरण कायम गराउने उद्देश्यले प्रहरीले विभिन्न स्थानमा निगरानी तथा चेकजाँच तीव्र पारेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतका प्रहरी टोलीले गरेको जाँचका क्रममा ती मोटरसाइकल फेला पारेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका मोटरसाइकलमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिएका छन्।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्