जनकपुरको दोस्रो जित, पोखरालाई लगातार दोस्रो हार

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १५, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले दोस्रो जित दर्ता गरेको छ। आइतबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको हो। योसँगै पोखराले लगातार दोस्रो हार बेहोरेको छ।

जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो। पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।

त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले ७ विकेटको क्षतिमा १४७ रन बनाएको थियो। उसका लागि त्रितराज दासले सर्वाधिक ६१ रनको योगदान दिए भने अभिषेक तिवारीले अविजित २४ रन जोडे।

पोखराका शाकिब अल हसनले ३ विकेट लिए। जवाफमा जनकपुरका मोइन अलीले ३ विकेट लिँदै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले। कप्तान हर्मीत सिंह र सैफ हसनले पनि समान २ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *