कार्तिक १३ र १४ गते भारी वर्षा हुन सक्ने भन्दै

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक ११, २०८३

काठमाडौं । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’का कारण नेपालका विभिन्न क्षेत्रमा मौसम प्रभावित हुन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार कात्तिक १३ र १४ गते देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र तीव्र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यम वर्षा हुन सक्ने तथा केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनामा सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। चक्रवातको प्रभावले जनजीवनमा असर पर्न सक्ने भएकाले मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन र आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानले चक्रवात ‘अरनब’को असर कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा देखिन सक्ने संकेत गरेको छ।

सम्भावित वर्षा, चट्याङ र हावाहुरीबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकाय तथा सर्वसाधारणलाई सचेत रहन प्राधिकरणले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *