बाढीको क्षतिपछि कांग्रेसले रोक्यो परम्परागत चियापान

DaksuMedia दाक्सु मिडिया
|
२०८३ कार्तिक २

काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान समारोह स्थगित गरेको छ। बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति संवेदना व्यक्त गर्दै पार्टीले कार्यक्रम नगर्ने निर्णय गरेको हो।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार भोटेकोसी र बुढीगण्डकी क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएकाले यस वर्ष चियापान आयोजना नगरिने भएको हो।

कांग्रेसले २०३४ सालदेखि कोजाग्रत पूर्णिमामा चियापान गर्दै आएको थियो। पार्टी सभापति गगनकुमार थापाले पनि शोकको समयमा तडकभडक नगरी संयमित रूपमा चाडपर्व मनाउन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *