चितवन निकुञ्ज घुम्न अब घरबाटै टिकट काट्न सकिने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ३०

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकले अब अनलाइनबाटै प्रवेश टिकट लिन सक्ने भएका छन्। निकुञ्जले शुक्रबारदेखि इ–टिकटिङ प्रणाली सुरु गरेको हो।

पहिलो चरणमा सौराहा क्षेत्रबाट यो सेवा उपलब्ध हुनेछ। परीक्षण सफल भएपछि अन्य प्रवेश नाकामा पनि विस्तार गर्ने निकुञ्जको योजना छ। अनलाइन टिकटबाट लाइनमा बस्नुपर्ने र नगद बुझाउनुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।

नयाँ व्यवस्थाअनुसार पर्यटकले आवश्यक विवरण भरेपछि क्यूआर कोड प्राप्त गर्नेछन्। सोही कोड देखाएर निकुञ्ज प्रवेश गर्न सकिनेछ। गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनमा दुई लाख ७२ हजारभन्दा बढी पर्यटक पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *