चार महिनापछि गुल्मीमा हवाई सेवा फर्कियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २७

गुल्मी । चार महिनादेखि ठप्प रहेको गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा मंगलबारबाट पुनः जोडिएको छ।

बिहानको मौसम अनुकूल बनेपछि नेपाल एयरलाइन्सले काठमाडौं–गुल्मी उडान गरेको हो। गत जेठ २४ देखि खराब मौसमका कारण विमान सेवा नियमित हुन सकेको थिएन।

अब रेसुङ्गा–काठमाडौं उडान सातामा तीन दिन सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *