रेसुङ्गाबाट हप्तामा चार उडान, भाडादर पनि बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ५

गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब हप्तामा चार दिन हवाई सेवा सञ्चालन हुने भएको छ। काठमाडौँ–गुल्मी उडान अब आइतबार, मङ्गलबार, बिहीबार र शनिबार हुने गरी तालिका थपिएको हो।

यसअघि तीन दिन मात्र उडान हुँदै आएकोमा ट्विनअटर जहाज मर्मतपछि सेवा विस्तार गरिएको जनाइएको छ। उडान थपिएसँगै भाडादर पनि बढेको छ। नयाँ दरअनुसार काठमाडौँबाट रेसुङ्गा पुग्न रु १०,९०२ र रेसुङ्गाबाट काठमाडौँ आउन रु १०,७०२ लाग्नेछ।

उडानहरू बिहानको समयमा मात्र हुनेछन्, किनकि दिउँसो हावाको चाप बढी हुने प्राविधिक कारण देखाइएको छ। हाल विमानस्थलबाट ४५–५० मिनेटमै काठमाडौँ पुग्न सकिने हुँदा लामो स्थलयात्राको विकल्प बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *