सांसद प्रकाश सिंह कार्कीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २०

काठमाडौं । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ।

प्रतिनिधिसभामा सोलुखुम्बुका विकास तथा जनसरोकारका विषय उठाउँदै आउनुभएका कार्कीले अब पार्टीको केन्द्रीय तहमा रहेर थप भूमिका निर्वाह गर्ने उद्देश्यसहित उम्मेदवारी दिनुभएको बताइएको छ।

यसअघि कांग्रेस सोलुखुम्बुको अधिवेशनबाट कार्की ६४८ मतसहित खुलातर्फ दोस्रो सर्वाधिक मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *