एमालेले खोज्यो नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने बाटो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २०

काठमाडौं । नेकपा एमालेले पार्टीको आगामी नेतृत्व निर्माणमा नयाँ पुस्तालाई अघि बढाउने नीति अघि सारेको छ। केन्द्रीय कमिटी बैठकपछि जारी अन्तरपार्टी निर्देशन–३ मा नेतृत्व परिवर्तनलाई हतारभन्दा पनि निश्चित योजना र तयारीका आधारमा अघि बढाउनुपर्ने उल्लेख गरिएको छ।

एमालेले विगतमा पार्टी निर्माणमा योगदान दिएको पुस्ताको अनुभवलाई जोगाउँदै युवाको ऊर्जा र प्रविधिसँग जोड्नुपर्ने बताएको छ। त्यसका लागि युवालाई संगठनका जिम्मेवारी, प्रशिक्षण र नीति निर्माणमा सहभागी गराउनुपर्नेमा जोड दिइएको छ।

पार्टीले पुस्तान्तरणलाई पुरानो नेतृत्व विस्थापन गर्ने विषयका रूपमा मात्र नहेरी नयाँ नेतृत्व तयार पार्ने निरन्तर प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने जनाएको छ। महिला नेतृत्व विकासलाई पनि प्राथमिकतामा राख्दै स्थानीय तहदेखि केन्द्रसम्म अवसर दिनुपर्ने एमालेको निष्कर्ष छ।

एमालेले बदलिँदो समयअनुसार पार्टीको कार्यशैली र जनतासँगको संवादसमेत सुधार गर्नुपर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *