खोटाङ । सार्वजनिक यातायातमा मनपरी भाडा असुल्ने प्रवृत्ति रोक्न खोटाङमा पहिलोपटक जिल्लाभित्र सञ्चालन हुने सवारीसाधनको भाडादर निर्धारण गरिएको छ।
जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले बस, मिनीबस र हाइसका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति १३ रुपैयाँ तथा जीप–सुमोका लागि १५ रुपैयाँ भाडा तोकेको हो। जसअनुसार दिक्तेलबजारदेखि जयरामघाटसम्म बस, मिनीबस र हाइसको ३७४ रुपैयाँ तथा जीप–सुमोको ५११ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, दिक्तेलदेखि हलेसीसम्म क्रमशः २१२ र २९० रुपैयाँ भाडा निर्धारण गरिएको छ। जिल्लाका अन्य विभिन्न सडकखण्डमा पनि दूरीअनुसार भाडादर तोकिएको छ।
भाडादर लागू गर्नुका साथै सार्वजनिक सवारीको सुरक्षा जाँच र ट्राफिक नियम पालनामा कडाइ गर्ने निर्णय भएको छ। तोकिएको भन्दा बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा लापरवाहीपूर्वक सवारी चलाउनेमाथि कारबाही गरिने जनाइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्