|
२०८३ आश्विन १९
बागलुङ । निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु भएको छ।
काप्रा–बोहरागाउँ–छापाखानी सडकमा काम गरिरहेका सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरका ३२ वर्षीय राजु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
ढिस्कोमा पुरिएका अर्का मजदुर रोल्पाका कृष्ण घर्ती मगरलाई गम्भीर अवस्थामा उद्धार गरी बुर्तिबाङस्थित प्रादेशिक अस्पताल लगिएको छ। जेसिबीमार्फत सडक स्तरोन्नति गर्ने क्रममा अचानक ढिस्को खसेर मजदुरहरू पुरिएका थिए।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्