|
२०८३ आश्विन १९
झापा । चाडपर्व नजिकिएसँगै झापाका सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ। तस्करी, अवैध ओसारपसार तथा राजस्व चुहावट रोक्न मुख्य नाकासँगै वैकल्पिक र ग्रामीण बाटोमा समेत सुरक्षा गस्ती बढाइएको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा सुरक्षा अधिकारीको टोलीले झापा–इलाम सीमावर्ती क्षेत्रका विभिन्न स्थानको अनुगमन गरेको छ। अनुगमनका क्रममा सम्भावित जोखिम र अवैध गतिविधि हुनसक्ने क्षेत्रबारे जानकारी लिइएको जनाइएको छ।
सीमाबाट पटका तथा अन्य अवैध सामग्री भित्रिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरी र सशस्त्र प्रहरीलाई नियमित गस्ती तथा निगरानी प्रभावकारी बनाउन निर्देशन दिइएको छ। साथै, सीमावर्ती क्षेत्रको सुरक्षा अवस्थाबारे सम्बन्धित युनिटले प्रत्येक १५ दिनमा जिल्ला सुरक्षा समितिलाई विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्