|
२०८३ आश्विन १७
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
शनिबार सानेपामा पत्रकार सम्मेलन गर्दै शर्माले बदलिँदो राजनीतिक परिस्थितिअनुसार कांग्रेसलाई जनतासँग थप जोड्ने उद्देश्यले महामन्त्रीमा प्रतिस्पर्धा गर्न लागेको बताए।
उनले आफू लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै पार्टीलाई जनमुखी बनाउने अभियानमा अघि बढ्ने बताए। शर्मा मोरङ–३ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्