१९ वर्षीय पवन बने मुगुको सोरु–३ का कांग्रेस सभापति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १७

काठमाडौं । नेपाली कांग्रेसको सोरु गाउँपालिका–३ मा १९ वर्षीय पवन कार्की वडा सभापतिमा चयन भएका छन्।

शनिबार सम्पन्न १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनले कार्कीको नेतृत्वमा २० सदस्यीय वडा कार्यसमिति गठन गरेको हो।

महासमिति सदस्य धर्मराज शाहीको उपस्थितिमा सम्पन्न अधिवेशनबाट कार्कीलाई जिम्मेवारी दिइएको हो। शाहीका अनुसार पार्टीको संगठनमा युवाको सहभागिता बढाउने उद्देश्यले कम उमेरमै नेतृत्वको अवसर दिइएको हो।

उनले युवालाई नेतृत्वमा अघि बढाउने आफ्नो समूहको नीति रहेको दाबीसमेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *