|
२०८३ आश्विन १७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे वनस्थलीस्थित घण्टीघरमा बैठक बस्न लागेको हो।
बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयनलगायत विषयमा छलफल हुने बताइएको छ। यस्तै ‘हामी आउँदै छौं’ अभियान र मधेस प्रदेश संगठनको अडिट रिपोर्टबारे पनि बैठकमा छलफल हुनेछ।
प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा अन्य विविध विषयसमेत कार्यसूचीमा छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्