|
२०८३ आश्विन १५
काठमाडौँ । झापा आन्दोलनका नेता घनेन्द्र बस्नेतको निधन भएपछि नेकपा एमालेले बिहीबार तय गरेको केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम स्थगित गरेको छ।
च्यासलमा दिउँसो ३ बजे हुने भनिएको कार्यक्रम अब असोज १६ गते सोही समयमा हुने एमालेले जनाएको छ। असोज ५–८ गतेको केन्द्रीय कमिटी बैठकले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो।
लामो समयदेखि क्यान्सरको उपचार गराइरहेका बस्नेतको बुधबार राति निधन भएको हो। उनको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्