जापानमा पाँच वर्षमै ३१ लाखभन्दा बढी जनसंख्या घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १४

काठमाडौँ — जापानमा जनसंख्या घट्ने क्रम तीव्र बन्दै गएको छ। पछिल्लो पाँच वर्षमा देशको कुल जनसंख्या करिब ३१ लाख ७० हजारले घटेको तथ्यांक सार्वजनिक भएको छ।

सन् २०२५ अक्टोबर १ सम्म विदेशी नागरिकसहित जापानको जनसंख्या करिब १२ करोड २९ लाख ७० हजारमा झरेको छ। यो सन् २०२० को तुलनामा २.५ प्रतिशत कम हो।

यसैबीच, जापानमा वृद्ध नागरिकको संख्या भने लगातार बढिरहेको छ। ६५ वर्षभन्दा माथिको जनसंख्या कुल जनसंख्याको २९.४ प्रतिशत पुगेको छ, जुन अहिलेसम्मकै उच्च अनुपात हो।

जनसंख्या घट्दै जाँदा जापानमा श्रमशक्ति र सामाजिक सुरक्षा व्यवस्थामाथि चुनौती थपिँदै गएको छ। ४७ प्रान्तमध्ये टोकियोमा भने पछिल्लो पाँच वर्षमा जनसंख्या वृद्धि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *