|
२०८३ आश्विन १४
मनाङ : मनाङमा लगातारको वर्षा, हिमपात र बाढीका कारण पर्यटकको यात्रा प्रभावित भएको छ। मस्र्याङ्दी नदीको कटानले सडकका विभिन्न भाग बगाएपछि माथिल्लो मनाङ पुगेका पर्यटक त्यहीँ रोकिएका छन्।
सेप्टेम्बर २२ देखि २८ सम्म धारापानी चेकपोस्टमा ५९० विदेशी पर्यटक दर्ता भएका थिए। तीमध्ये १४६ जना विपद्का कारण फर्किएका छन्। थोराङ्ला पास गर्ने क्रममा बाक्लो हिमपात भएपछि करिब १५० पर्यटकसमेत मनाङ फर्किएका छन्।
सडकमार्ग अवरुद्ध भएकाले पर्यटक तथा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ। बिरामी र प्रवेशाज्ञा सकिएका केही पर्यटकलाई भने हेलिकप्टरमार्फत बाहिर निकालिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्