पहिरोले सडक थुन्यो, सङ्खुवासभामा सतर्कता बढाइयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १०

सङ्खुवासभा । लगातारको वर्षापछि सङ्खुवासभामा पहिरोको जोखिम बढ्दा स्थानीय जनजीवन प्रभावित भएको छ।

मादी नगरपालिका–४ मा पहिरो खसेपछि एक परिवार घर छाड्न बाध्य भएको छ। सोही क्षेत्रमा एउटा विद्यालय भवनसमेत जोखिममा परेको जनाइएको छ।

वर्षाकै कारण चैनपुर–६ भञ्ज्याङखर्कमा पहिरो गएपछि पाँचखपन–चैनपुर सडकखण्डको आवागमन रोकिएको छ।

अरुण, वरुण, हेवा र सभा खोलामा पानीको सतह बढ्दै गएपछि जिल्ला प्रशासनले नदी तथा खोला आसपासका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *