व्यक्तिगत मतभेद छाडेर पार्टी हितमा जुट्न केसीको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ९

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले महाधिवेशनमा नेतृत्व चयन गर्दा व्यक्तिगत आग्रह–पूर्वाग्रहलाई प्राथमिकता नदिन आग्रह गरेका छन्। उनले पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन्।

पार्टीभित्र सहमति जुटाउने प्रयास जारी राख्नुपर्ने उल्लेख गर्दै केसीले सबै पक्षबीच शतप्रतिशत एकता सम्भव नभए लोकतान्त्रिक प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका छन्।

आगामी असोज १६ देखि हुने महाधिवेशनलाई लक्षित गर्दै उनले पार्टीमा एकता, सौहार्द र सहमतिको वातावरण निर्माण गर्न आफ्नो तर्फबाट निरन्तर पहल गरिरहेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *