|
२०८३ आश्विन ९
काठमाडौं । लगातारको वर्षापछि काठमाडौं उपत्यकाका नदी तथा खोलामा पानीको बहाव तीव्र बनेको छ। बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते र नख्खु खोलालगायतमा बाढीको अवस्था देखिएको छ।
जलसतह बढेसँगै नदी किनार तथा करिडोर क्षेत्रमा जोखिम बढेको छ। सम्भावित दुर्घटना रोक्न सुरक्षाकर्मी परिचालन गरी संवेदनशील क्षेत्रमा माइकिङमार्फत सर्वसाधारणलाई सचेत गराइएको छ।
बाढीको प्रभावका कारण केही सडकमा सवारी आवागमनसमेत रोकिएको छ। बिहीबारदेखि जारी वर्षाका कारण उपत्यकाका नदीमा पानीको मात्रा थप बढेको हो।
बाढी महाशाखाले काठमाडौंसहित देशका विभिन्न नदी तथा खोलामा जलसतह बढ्न सक्ने भन्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्