रविको मुद्दा संशोधन अनुमति दिने न्यायाधीश बेलबासे निवृत्तिभरण सुविधा सहित अवकाश

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ८

काठमाडौं । जिल्ला अदालत कास्कीका प्रमुख न्यायाधीश हिमलाल बेलबासे उच्च अदालतको न्यायाधीशमा बढुवा सिफारिस भएका उनि उमेर हदका कारण उनी असोज ४ गतेदेखि अवकाशमा गएका छन् ।

न्याय परिषद्ले गत साता बेलबासेसहित तीन जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । बेलबासेलाई उच्च अदालत जनकपुरमा पदस्थापन हुने गरी सिफारिस गरिएको थियो ।

बेलबासेको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा दर्ता भएको सूर्यदर्शन सहकारी ठगीसँग सम्बन्धित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग संशोधन गर्न अनुमति दिएको थियो ।

गत जेठ ८ गते बेलबासेको एकल इजलासले अभियोग संशोधनको अनुमति दिएको थियो । त्यसपछि कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतबाट समेत अभियोग संशोधनको अनुमति दिइएको थियो ।

संशोधनपछि लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी अभियोग मात्रै बाँकी रहेको जनाइएको छ ।

जिल्ला तथा उच्च अदालतका न्यायाधीशले ६३ वर्षको उमेरमा अनिवार्य अवकाश पाउने व्यवस्था छ । अवकाशको मुखमा उच्च अदालतमा बढुवा भएकाले बेलबासेले उच्च अदालतका पूर्वन्यायाधीशसरह निवृत्तिभरण तथा अन्य सेवा सुविधा पाउनेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *