ठाकुर गैरेले ओलीलाई चुनौती, ‘पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बनाऊँ’

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ६

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न उठाउँदै पदाधिकारीको भूमिकामाथि असन्तुष्टि जनाएका छन्।

मंगलबारको केन्द्रीय कमिटी बैठकमा उनले बैठक सञ्चालनको परम्परासमेत तोडिएको भन्दै यही शैलीबाट पार्टी सञ्चालन गर्न नसकिने धारणा राखे।

उनले व्यंग्य गर्दै भने, ‘अब बैठक पनि आफैं चलाउने, स्वागत पनि आफैं गर्ने, नाम पनि आफैं बोलाउने! यो शैलीले राम्रो गरेन।’

गैरेले यस्तै शैली कायम राख्ने हो भने अन्य पदाधिकारीको आवश्यकता नरहेको भन्दै सबै पदाधिकारी खारेज गरेर ओलीलाई एकल अध्यक्ष बनाउन चुनौती दिएका छन्।

‘यदि यस्तो हो भने अरू पदाधिकारी किन चाहियो ? खारेज गरेर एकल अध्यक्ष बनाऊँ र अरू सबैलाई सदस्य बनाऔँ,’ उनले भने।

गैरेले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन बैठकमा ल्याउनसमेत माग गरेका छन्। उक्त प्रतिवेदन नआएसम्म केन्द्रीय समितिमा थप छलफल गर्नुको औचित्य नरहेको उनको भनाइ थियो।

सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक अध्यक्ष ओलीले आफैं सञ्चालन गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *