|
अशोज ६, २०८३
काठमाडौं । प्रतिनिधिसभाको आजको सम्भावित कार्यसूची हेरफेर गरिएको छ।
रास्वपाका सचेतक प्रकाशचन्द्र परियारका अनुसार आकस्मिक कारणले यसअघि तय गरिएको कार्यसूची हटाइएको हो।
यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो।
उक्त विषय हटाएर आज संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रमा जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी सम्झौता छलफल गरी अनुमोदन गर्ने कार्यसूची राखिएको छ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्