त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ६

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार आगलागी भएको बसका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालकको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्पतालका अनुसार उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो । उनलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा चालकले आफैँ बसमा आगो लगाएको आशंका गरिएको छ । घटनाअघि ट्राफिक प्रहरीसँग उनको विवाद भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *