रसुवाका जोखिमयुक्त बस्ती सार्न सरकारलाई निर्देशन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ५

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले रसुवाका बाढी प्रभावित तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार बसेको समिति बैठकले जोखिमयुक्त भौगोलिक तथा नदीतटीय क्षेत्रको प्राविधिक अध्ययन र नक्सांकन गरी प्रभावित बस्ती सुरक्षित स्थानमा सार्न निर्देशन दिएको हो ।

समितिले विपद्मा ज्यान गुमाएकाको वैज्ञानिक डीएनए परीक्षण तथा सम्मानजनक शव व्यवस्थापनका लागि आवश्यक कार्यविधि र मापदण्ड बनाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *