काठमाडौं । नेकपा एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ ।
सोमबार च्यासलमा बसेको सचिवालय बैठकले कार्यदलको २९ पृष्ठ लामो प्रतिवेदनलाई औपचारिक रूपमा केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डासमेत तय गरेको छ । जसमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदनलगायत विषय समेटिएका छन् ।
भट्टका अनुसार कार्यदलले प्रतिवेदन बुझाइसकेकाले अब त्यसको काम सकिएको छ । प्रतिवेदनमा समेटिएका सुझावलाई अनुसूचीका रूपमा केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछ ।
विशेष महाधिवेशन र नेतृत्व परिवर्तनका विषयमा पार्टीभित्र सहमति भइसकेकाले अहिले कुनै विवाद नरहेको पनि उनले बताए । केन्द्रीय कमिटीमा पार्टी पुनर्गठनबारे उठ्ने विषय र छलफलका आधारमा आगामी रणनीति तय गरिने एमालेले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्