|
अशोज ४, २०८३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्ध बलियो बनाएर अघि बढ्न निर्देशन दिएका छन् ।
आइतबार बसेको रास्वपा सचिवालय बैठकमा लामिछानेले पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले तीनै पक्षबीच समन्वय बलियो बनाउनुपर्ने धारणा राखेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा लामिछानेले पार्टीका नेता, सांसद तथा समर्थकको अनुशासनका विषयमा पनि निर्देशनात्मक धारणा राखेको खरेलले बताए ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्