काठमाडौँ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेताहरूले तयार पारेका तीन छुट्टाछुट्टै प्रतिवेदनलाई समेटेर एउटै साझा प्रतिवेदन तयार गरी सचिवालयमा बुझाउने भएको छ ।
रामबहादुर थापा, शङ्कर पोखरेल र प्रदीप ज्ञवालीले चुनावी नतिजाबारे अलग–अलग प्रतिवेदनको मस्यौदा तयार गरेका थिए । निर्वाचन परिणामपछि नेतृत्व पुनर्गठनको विषय कार्यदलमा पेचिलो बनेको थियो ।
आइतबार बसेको कार्यदल बैठकले साझा प्रतिवेदन तयार गर्ने निर्णय गरेको सचिव पद्मा अर्यालले जानकारी दिइन् । उनका अनुसार नेतृत्व पुनर्गठनसम्बन्धी विषय कार्यदलको प्रतिवेदनमा समावेश नगरिने र बाँकी निर्णय सचिवालयले गर्नेछ ।
यस्तै, सचिव महेश बस्नेतका अनुसार राष्ट्रिय परिषद्को बैठक बोलाउने निर्णय पनि कार्यदलले गरेको छ ।
एमाले केन्द्रीय सचिवालय बैठक आज दिउँसो ३ बजेपछि बस्दैछ । बैठकले सोमबारदेखि बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्