पोखरा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने भएपछि गण्डकी प्रदेशले १५ बुँदे जलवायु एजेण्डा पठाएको छ ।
प्रदेशले हिमालयन जलवायु न्याय, पर्वतीय क्षेत्रका लागि छुट्टै जलवायु वित्त, क्षति तथा नोक्सानी कोषमा पहुँच, पूर्वसूचना प्रणाली सुदृढीकरण र सीमापार जलवायु जोखिमसम्बन्धी सूचना आदानप्रदानलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
यस्तै, हिमालयन जलस्रोत संरक्षण, प्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशील कृषि तथा पर्यटन र पर्वतीय पूर्वाधारमा जलवायु जोखिम परीक्षणलाई अन्तर्राष्ट्रिय प्राथमिकता दिनुपर्ने माग गरिएको छ ।
गण्डकीले भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीलाई हिमाली क्षेत्रमा बढ्दो विपद् जोखिमको उदाहरणका रूपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय हानि तथा नोक्सानी वित्तीय संरचनामा नेपालको पहुँच सहज बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्