पूर्णबहादुर खड्का : ‘चमत्कार भएन भने कांग्रेस विभाजन निश्चित’

DaksuMedia दाक्सु मिडिया
|
अशोज ४, २०८३

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए पार्टी विभाजन निश्चित रहेको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत खड्काले पार्टी विभाजन रोक्न अन्तिम प्रयास भइरहेको बताएका हुन्। उनले कांग्रेस विभाजित हुँदा मुलुकको लोकतन्त्रमा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरेका छन्।

कांग्रेसभित्र दुई पक्षले छुट्टाछुट्टै १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला खड्काको यस्तो धारणा आएको हो।

निर्वाचन आयोगको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि रहेको भन्दै आफूहरूले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएको र मुद्दा विचाराधीन रहेकाले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको महाधिवेशनमा सहभागी नभएको खड्काले स्पष्ट पारेका छन्।

महाधिवेशन रोक्न माग गर्दै अदालतमा निवेदन दिए पनि कार्यतालिका रोक्न आदेश नआएकाले दुईवटा महाधिवेशन हुने अवस्था बनेको उनको भनाइ छ। उनले विचाराधीन पुनरावलोकन मुद्दालाई अग्राधिकारका साथ टुंग्याउन सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन्।

नेपाली कांग्रेसले असोज १६ गतेदेखि महाधिवेशन आयोजना गरेको छ भने असन्तुष्ट पक्षले मंसिरमा छुट्टै महाधिवेशन गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *